नेपाली काँग्रेस पोखरा महानगर सभापतिमा बिजुक्छे
- गाउँ सहर संवाददाता
- १० असोज आइतबार, २०७८ | २०:२१:०० मा प्रकाशित
पोखरा । नेपाली काँग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । नगर अधिवेशनबाट पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । निर्वाचनमा खसेको एक हजार ३४४ मतमध्ये सभापतिमा निर्वाचित विजुक्छेले ४१४ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले ३४६ मत पाएका थिए । सभापति पदका अर्का उम्मेदवार रामराज लामिछानेले २०९, मिलन तिवारीले १५०, मोहन बाँस्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गरे ।
यसैगरी उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन् । सचिवमा टुवराज बाँस्तोला र गणेशबहादुर थापा, सहसचिवमा संघर्ष कोइराला र सञ्जय आले विजयी भएका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । पोखरा महानगर, मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा मतदानमार्फत पदाधिकारी चयन भएका छन् भने अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।
कास्कीको मादी गाउँपालिकाको सभापतिमा यमबहादुर गुरुङ निर्वाचित भएका छन् । अन्नपूर्ण गाउँपालिकाको पार्टी सभापतिमा मनपति भण्डारी र रुपा गाउँपालिकाको सभापतिमा बिमलबाबु न्यौपाने सर्वसम्मत रुपमा चयन भए । नेपाली काँग्रेस माछापुच्छ्रे गाउँपालिका कास्कीको अधिवेशनबाट सभापति पदमा विरेन्द्र गुरुङ निर्वाचित भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस