कोरोनाबाट थप ६ जनाको मृत्यु, थपिने संक्रमितभन्दा निको हुने बढी
- गाउँ सहर संवाददाता
- ९ असोज शनिबार, २०७८ | १६:०४:०० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसकाो कारण ६ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ११ हजार ८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ५७९ को परीक्षण हुँदा ९५३ संक्रमित थपिएका छन् । जसमा महिला ४०.६० र पुरूष ५९.४० प्रतिशत छन् ।
अहिलेसम्म भएका परीक्षण र पहिचान भएका संक्रमितमध्ये ३६३ सघनमा र १०९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ३७१ छ । जुन ९६.१ प्रतिशत हो । अहिलेसम्म कुल निको हुनेको संख्या ७५ लाख ९८ हजार ८७५ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २३७ र होम आइसोलेशनमा रहेको संख्या १८ हजार ३४० छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार ३६० छ । देशमा सक्रिय संक्रमितको संख्या १९ हजार ३४० रहेको छ ।
अहिलेसम्म कोरोनाविरुद्धको पूर्ण खोप प्राप्त गर्नेको संख्या ६० लाख १४ हजार ९१४ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९ प्रतिशत रहेको र मृत्यु प्रति दशलाखमा ३७३.७ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस