अर्थतन्त्र

बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडद्वारा सर्वसाधारणमा आईपीओ जारी, कस्ताे छ तपाईंकाे तयारी ?

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले आज असोज ११ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गरेकाे छ । कम्पनीले सर्वसाधारण्मा कुल रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ जारी गरेकाे हाे ।

कुल कित्तामध्ये २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएकाे हो ।

शेयर छिटोमा असोज १४ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असोज २५ गतेसम्म विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको यो आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीयका लागि गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आईपीओ विक्री गरी भदौ ३१ गते बाँडफाँट गरेको थियो ।

कम्पनीले स्थानीय सहित सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरेको हो । कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४ दशमलव ९९३ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजना निर्माणको कुल लागत रू. १ अर्ब १९ करोड रहेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को अपस्किृत वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. १२ दशमलव ५६ ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४९ रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू. ३ करोड ६८ लाख ३२ हजार खुद नोक्सानी व्यहोरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत