‘मिठा मिठा बात’ लिएर आए डा. आदित्य जोशी (भिडियाेसहित)
- गाउँ सहर संवाददाता
- ७ असोज बिहीबार, २०७८ | ०९:५५:०० मा प्रकाशित

काठमाडौं । वरिष्ठ बालरोग विशेषज्ञ डा. आदित्य जोशीकाे ‘मिठा मिठा बात’ गीत सार्वजनिक भएको छ ।
पेशाले चिकित्सक समेत रहेका डा.जोशीको उक्त गीतमा गायिका नेहारिका ज्ञवाली र गायक प्रताप दासले स्वर दिएका छन् ।
अमेरिकी नागरिक नन्दन नयरको संगीत तथा एरेन्ज रहेको मिठा मिठा बात बोलको गीत प्रभावनले निर्देशन गरेका छन् ।
उक्त गीतको म्युजिक भिडियोमा सन्तोष बानियाँ र नेहारिकाको नृत्य रहेको छ ।
भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् ।
डा. जोशीका पुराना गीत देशको लागि आउँछ मलाई याद भन्ने बोलको गीत पहिले निकै राम्रो चर्चामा आएको थियो ।
यस्तै गरी हिन्दीमा पनि देश कि लागेहे मोह याद र लम्बी हाये जस्ता गीतहरु पनि पहिला सार्वजनिक भइसकेका छन् ।
डा. जोशी ‘मिठा मिठा बात’ गीतबाट माया प्रेम, सदभावको विकास, सुख दुख गरेर सँगै बस्न जस्ता शब्दसँग मेल खाएको बताउँछन् ।
यो गीत यूट्युब च्यानलबाट पनि सार्वजनिक भएको छ ।
सुदुरपश्चिमको बैतडी जिल्लामा जन्मिएका डा. जोशी निकै सहयोगी, मिलनसार र सामाजिक अभियान्ताको रुपमा परिचित छन् ।
डा. जोशी एक दशक देखि अमेरिकामा बसाेबास गर्दै आएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस