गाउँ सहर
रोल्पामा भीरबाट खसेको ढुंगा लागेर आमाछोरीको मृत्यु
- गाउँ सहर संवाददाता
- ६ असोज बुधबार, २०७८ | १४:१५:०० मा प्रकाशित

राेल्पा । भीरबाट खसेको ढुंगा लागेर रोल्पामा आमाछोरीको मृत्यु भएको छ ।
रोल्पा नगरपालिका–९ की २५ वर्षीया संगीता पुन र उनकी दुई वर्षकी छोरी कृतिकाको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बारीबाट घरतर्फ जाने क्रममा हाङ्वाङ भीरबाट खसेको ढुंगा लागेर आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।
यस्तै रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षका तीर्थलाल थापाको पनि भीरबाट लडेर मृत्यु भएको उनले बताए ।
बिहे भोज खाएर फर्किने क्रममा भीरबाट लड्दा थापाको मृत्यु भएको डीएसपी सुवेदीले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस