सरकार र म्यानपावरकाे झगडाले कतार प्रहरीमा नेपालीकाे अवसर गुम्याे
- गाउँ सहर संवाददाता
- १ असोज शुक्रबार, २०७८ | १३:०३:०० मा प्रकाशित

काठमाडाैं । कतार सरकारले प्रहरीमा भर्नाका लागि नेपाल पठाएको मागपत्र रद्द गरेको छ ।
नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको कतार प्रहरीको अवसर गुमेको छ ।
दोहास्थित नेपाली दूतावासले श्रम तथा रोजगार मन्त्रालयलाई पत्र लेख्दै कतारको प्रहरी सेवामा कामदार भर्ना गर्न प्रमाणीकण गरेको मागपत्र रद्द गरेको जनाएको छ ।
कतारको आन्तरिक मन्त्रालयले नेपाली नागरिकको लागि दिइएको कोटामा अन्यत्रबाट नै पदपूर्ति गरिएको जानकारी दिएपछि दूतावासले मन्त्रालयलाई पत्र पठाएको हो ।
दूतावासले २९ अगस्ट २०२१ मा २ सय नेपालीलाई कतार प्रहरीमा भर्ना गर्ने गरी अल तकित म्यानपावरका नाममा मागपत्र प्रमाणीकरण गरेको थियो । तर सेप्टेम्बर १४ मा आन्तरिक मन्त्रालयले त्यो माग अन्तैबाट पूर्ति गरिसकेको भनेर सूचना जारी गरेपछि मागपत्र रद्द भएको हो ।
कतारले अघिल्लो वर्ष नै नेपालीलाई प्रहरीमा भर्ना लिने तयारी गरेको भए पनि नेपाल सरकार र म्यानपावरबीच कुरा नमिल्दा प्रक्रियामा ढिलासुस्ती भएको थियो । सोही कारणले पनि मागपत्र रद्द भएको दूतावासको भनाइ छ ।
नेपालमा एजेन्ट मार्फत म्यानपावरले चर्को रकम अशुली गरेको कारण कतारले मागपत्र रद्द गरेको धेरैको बुझाइ छ । यस विषयमा गत मंसिरको पहिलो साता मागपत्र प्रमाणीकरण नभई केही म्यानपावर कम्पनीले अन्तर्वार्तासमेत लिएका थिए ।
विभागले मागपत्र प्रमाणीकरण नभइ अन्तर्वार्ता लिएको भन्दै म्यानपावरलाई कारवाहीको दायरामा ल्याएको थियो । कतारले यसअघि पहिलो पटक २०७६ फागुनमा १६९ जना नेपालीलाई कतार प्रहरीमा भर्ना गरिसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस