आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमेरिकासँग खेल्दै
- गाउँ सहर संवाददाता
- १ असोज शुक्रबार, २०७८ | ०८:५०:०० मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
अल अमिरात क्रिकेट मैदानमा हुने खेल दिउँसो ४:१५ बजे शुरु हुनेछ । अमेरिकाविरुद्धको पहिलो खेलमा पाँच विकेटले जित हात पारेको नेपाल आज पनि विजयी लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।
पहिलो खेलमा अमेरिकालाई पराजित गरे पनि दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले नै पराजित भएको थियो । ओमानसँग पराजित भए पनि अमेरिकाविरुद्धको खेलमा नेपाल उच्च मनोबलसहित मैदानमा उत्रिनेछ ।
यस्तै अमेरिकाले बिहीबार भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो । लिग-२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
सात टोली रहेको लिग-२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् । लिग-२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस