कोरोनालाई जित्नेको संख्या विश्वमा २० करोड ४४ लाख ४४ हजार ९२१, नेपालमा मृत्यु प्रति दश लाखमा ३७०.३
- गाउँ सहर संवाददाता
- १ असोज शुक्रबार, २०७८ | ०६:५७:०० मा प्रकाशित
काठमाडौँ । विश्वव्यापी महामारी कोरोनाभाइरलाई संक्रमितको संख्या २२ करोड ७७ लाख ९६ हजार ९८१ पुग्दा रोग परास्त गर्नेको संख्या २० करोड ४४ लाख ४४ हजार ९२१ छ । तर ४६ लाख ८३ हजार ३२८ को भने ज्यान गएको छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार अहिले कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १ करोड ८६ लाख ६८ हजार ७३२ रहेको छ । यसमध्ये १ लाख ९५० जनाको अवस्था गम्भीर छ, जुन संख्यापनि घटेको छ ।
संक्रमणको दर घटेका देशमा क्रमशः लकडाउन हटाउँदै लगिएको, खोपको मात्रा बढाइएको छ ।
नेपालमा पनि संक्रमणमा कमी आएसँगै खुला गरिएको छ ।
नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार १७९ को परीक्षण हुँदा १ हजार ५११ संक्रमित थपिएका छन् ।
आजसम्म दुबै परीक्षण विधिबाट ४५ लाख ९७ हजार ४७ परीक्षण गर्दा ८ लाख ७० हजार ७७६ संक्रमित पत्ता लागेका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ४०७ सघन र १२८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार ६८९ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ४५ हजार २१५ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २२० र होम आइसोलेशनमा रहेको संख्या २४ हजार २२२ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार ५५० छ ।
देशमा सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ रहेको छ ।
मन्त्रालयका अनुसार ११ जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ५४ लाख ७३ हजार १५१ छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.२ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७०.३ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु ११ छन् भने २०० माथि संक्रमित रहेका २१ जिल्लाहरु छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस