स्वास्थ्य

कोरोनाबाट थप ११ जनाकाे मृत्यु, संक्रमितमध्ये ४०७ सघन र १२८ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार १७९ को परीक्षण हुँदा १ हजार ५११ संक्रमित थपिएका छन् ।

आजसम्म दुबै परीक्षण विधिबाट ४५ लाख ९७ हजार ४७ परीक्षण गर्दा ८ लाख ७० हजार ७७६ संक्रमित पत्ता लागेका छन् ।

अहिलेसम्मका संक्रमितमध्ये ४०७ सघन र १२८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार ६८९ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ४५ हजार २१५ पुगेको छ ।

देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २२० र होम आइसोलेशनमा रहेको संख्या २४ हजार २२२ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार ५५० छ ।

देशमा सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ रहेको छ ।

मन्त्रालयका अनुसार ११ जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ५४ लाख ७३ हजार १५१ छ । 

उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।

मन्त्रालयका अनुसार संक्रमण दर १९.२ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७०.३ रहेको छ ।

मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु ११ छन् भने २०० माथि संक्रमित रहेका २१ जिल्लाहरु छन् ।

गाउँ सहर संवाददाता