कांग्रेसले काठमाडौँमा असोज ५ गते वडा अधिवेशन गर्ने
- गाउँ सहर संवाददाता
- ३१ भदौ बिहीबार, २०७८ | १३:४४:०० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँमा असोज ५ गते वडा अधिवेशन गर्ने भएको छ ।
बुधबार क्रियाशील सदस्यता सार्वजनिक भएपछि वडा तहको अधिवेशनको मिति तय भएको हो ।
केन्द्रीय निर्वाचन समितिले काठमाडौँसहितका दश जिल्लाको क्रियाशील सदस्यता बुधबारमात्रै सार्वजनिक गरेको छ ।
असोज ५ गते काठमाडौँ महानगरपालिकासहित अरु १० वटा नगरपालिकाका १३८ वटा वडामा एकसाथ अधिवेशन हुनेछ ।
पछिल्लो अधिवेशन कार्यतालिकाअनुसार वडा तहको अधिवेशन असोज ५ गतेसम्म गर्न समय दिइएको छ ।
साविकको कार्यतालिकाअनुसार भदौ १८ गते नै सुरु भएको अधिवेशन शनिबार (भदौ २६ गते) सक्ने योजना थियो ।
त्यस्तै गाउँपालिका वा नगरपालिकाको अधिवेशन भदौ ९ गते, प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन गर्ने नयाँ कार्यतालिका आएको छ ।
त्यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिवेशन गर्नुेपर्ने, प्रदेश तहको अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ ।
महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस