कांग्रेसले काठमाडौँमा असोज ५ गते वडा अधिवेशन गर्ने
- गाउँ सहर संवाददाता
- ३१ भदौ बिहीबार, २०७८ | १३:४४:०० मा प्रकाशित
काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँमा असोज ५ गते वडा अधिवेशन गर्ने भएको छ ।
बुधबार क्रियाशील सदस्यता सार्वजनिक भएपछि वडा तहको अधिवेशनको मिति तय भएको हो ।
केन्द्रीय निर्वाचन समितिले काठमाडौँसहितका दश जिल्लाको क्रियाशील सदस्यता बुधबारमात्रै सार्वजनिक गरेको छ ।
असोज ५ गते काठमाडौँ महानगरपालिकासहित अरु १० वटा नगरपालिकाका १३८ वटा वडामा एकसाथ अधिवेशन हुनेछ ।
पछिल्लो अधिवेशन कार्यतालिकाअनुसार वडा तहको अधिवेशन असोज ५ गतेसम्म गर्न समय दिइएको छ ।
साविकको कार्यतालिकाअनुसार भदौ १८ गते नै सुरु भएको अधिवेशन शनिबार (भदौ २६ गते) सक्ने योजना थियो ।
त्यस्तै गाउँपालिका वा नगरपालिकाको अधिवेशन भदौ ९ गते, प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन गर्ने नयाँ कार्यतालिका आएको छ ।
त्यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिवेशन गर्नुेपर्ने, प्रदेश तहको अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ ।
महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस