दिगोविकास

बुधबार सामान्य बदली, धेरै स्थानहरुमा मेघ गर्जन

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार २०७८ भाद्र ३० गते (बुधबार) दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता