नौमती बाजा बजाएर कर तिर्न दिएकाे अल्टिमेटममा पनि उठेन कर
- गाउँ सहर संवाददाता
- २८ भदौ सोमबार, २०७८ | ०७:२३:०० मा प्रकाशित
काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बक्यौता असुली सन्तोषजनक नभएको भन्दै नौमती बाजा अभियान नै चलायाे । तर महानगरले अनुमान गरेजस्तो कर उठ्न सकेन । अहिलेसम्म १५ जना करदाताले मात्र कर तिरेका छन् । जसमध्ये ८ जनाले आंशिक र ७ जनाले पूरा कर चुक्ता गरेको महानगरअन्तर्गतको राजस्व विभागले जनाएको छ ।
साउन १६ र २५ गते सूचना जारी गर्दै घरजग्गा/सम्पत्ति कर नतिर्ने ठूला करतादाको नाम सार्वजनिक गर्यो । ७२ ठूला करदाताको नाम सार्वजनिक गरेसँगै कर तिर्न ३० दिने अल्टिमेटमसमेत दियो ।
करदातालाई सूचित गर्न घरघरमा गएर माइकिङ गर्ने, सूचना टाँस्ने काम भयो । भदौ ९ मा त महिला समूह नै लगाएर नौमती बाजासमेत बजाइयो ।
महानगरले सार्वजनिक गरेको सूचीमा कर तिरिसकेको सूचीमा अम्बे कम्प्लेक्सको पनि नाम समावेश थियो । पछि विभागले भूलवश अम्बे कम्प्लेक्सको नाम समावेश भएको भन्दै प्रस्टीकरण दिएको थियो । विभागका अनुसार आइतबारसम्ममा जिग्मी सिग्मी पर्वल विष्ट, बुद्ध महल, केशा प्रोपर्टिज प्रालि, सुरज आर्केड, बैसाली होटल प्रालि, राजेन्द्रकुमार काँवरा, होटल मर्स्याङ्दीले पूरा कर चुक्ता गरेका छन् ।
त्यस्तै, एनआरटी क्लब, युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, काठमाडौं इन्जिनियरिङ कलेज, एलआरआई बोर्डिङ स्कुल, जनमैत्री अस्पताल, प्रवीणबहादुर केसी, स्टार मल, केजे प्रोपर्टिज प्रालि (गोपालजी प्रोपर्टिज) ले आंशिक कर तिरेका छन् । त्यसबापत ३ करोड ९४ लाख ९ हजार ६ सय ९८ रुपैयाँ कर संकलन भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालले नै आंशिक मात्रै कर बुझाएको छ ।
महानगरले कर असुलीलाई तीव्रता दिन गत वर्ष असोजदेखि अनलाइन भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । विभागका अनुसार उक्त प्रणालीमा हालसम्म २ लाख ५ हजार करदाता जोडिएका छन् । तर पनि पुरानो बक्यौता असुली सन्तोषजनक नभएको भन्दै नौमती बाजा अभियान नै चलाइएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
प्रतिकृया दिनुहोस