कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या घट्यो, नयाँ ९११ थपिँदा १ हजार ४२३ डिस्चार्ज
- गाउँ सहर संवाददाता
- २७ भदौ आइतबार, २०७८ | १६:१०:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या १० हजार ९४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ ९११ संक्रमित थपिएका छन् । सोसहित कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ७ लाख ७७ हजार १६३ र एन्टिजेन विधिबाट ८६ हजार ६९४ पुगेको छ । अहिलेसम्म पिसिआरबाट ४० लाख २२ हजार ६१ र एन्टिजेनबाट ५ लाख ११ हजार ९८१ परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समयमा निको हुनेको संख्या १ हजार ४२३ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ३९ हजार ४५७ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ४५४ जना संक्रमित सघन र १४० जनाको भन्टिलेटरमा उपचारार्थ छन् । देशभरका संस्थागत क्वारेन्टाइनमा रहनेको संख्या ३२१, होम आइसोलेशनमा रहने २५ हजार १७१ र संस्थागत आइसोलेशनमा १ हजार ५८६ रहेका छन् ।
देशमा सक्रिय संक्रमण २६ हजार ७५७ मा रहेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ९५.१ छ । पूर्ण खोप लगाउनेको संख्या ५१ लाख ६६ हजार ६८९ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.३ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३६९ रहेको छ ।
अझैपनि १३ जिल्लामा ५०० बढी संक्रमित र २० जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस