कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या घट्यो, नयाँ ९११ थपिँदा १ हजार ४२३ डिस्चार्ज
- गाउँ सहर संवाददाता
- २७ भदौ आइतबार, २०७८ | १६:१०:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या १० हजार ९४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ ९११ संक्रमित थपिएका छन् । सोसहित कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ७ लाख ७७ हजार १६३ र एन्टिजेन विधिबाट ८६ हजार ६९४ पुगेको छ । अहिलेसम्म पिसिआरबाट ४० लाख २२ हजार ६१ र एन्टिजेनबाट ५ लाख ११ हजार ९८१ परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समयमा निको हुनेको संख्या १ हजार ४२३ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ३९ हजार ४५७ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ४५४ जना संक्रमित सघन र १४० जनाको भन्टिलेटरमा उपचारार्थ छन् । देशभरका संस्थागत क्वारेन्टाइनमा रहनेको संख्या ३२१, होम आइसोलेशनमा रहने २५ हजार १७१ र संस्थागत आइसोलेशनमा १ हजार ५८६ रहेका छन् ।
देशमा सक्रिय संक्रमण २६ हजार ७५७ मा रहेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ९५.१ छ । पूर्ण खोप लगाउनेको संख्या ५१ लाख ६६ हजार ६८९ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.३ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३६९ रहेको छ ।
अझैपनि १३ जिल्लामा ५०० बढी संक्रमित र २० जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस