गाउँ सहर

वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने - मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताएकी छन् ।

किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले शनिवार यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले ल्याएको प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताइन् ।

‘आन्दोलनमा त्याग गरेका व्यक्तिका परिवारलाई सम्मान र राहतको व्यवस्था गरिएको छ । कोरोनाबाट सङ्कटमा परेका नागरिकलाई राहत, बेरोजगारलाई रोजगार दिने योजना, आर्थिक तथा भौतिक विकासलाई जोड दिएर बजेट आएको छ’, उनले भनिन् ।

गाउँ सहर संवाददाता