पार्टी सरकारमा भएपनि सरकारले गरेको नराम्रो कामको विरोध जनाउनुपर्छ - डा. शेखर काेइराला
- गाउँ सहर संवाददाता
- १६ जेठ शुक्रबार, २०८२ | २२:०९:०० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सरकारमा भएपनि कांग्रेसका नेताहरुले सरकारले गरेको नराम्रो कामको विरोध जनाउनुपर्ने बताएका छन् ।
शुक्रबार बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारमा भएपनि सत्तामा नभएका सबै कार्यकर्ताले नराम्रो कामको विरोध जनाउनुपर्ने बताए ।
उनले भने, ‘कांग्रेस सरकारमा छ भनेर हामीले नबोल्ने होइन । हामी सरकारमा छौं तर सत्तामा छैनौं । राज्यको सत्ता बेग्लै कुरा हुन्छ । सरकार बेग्लै कुरा हुन्छ । मन्त्रीहरूले सहकार्य गरुन् तर हामी जो बाहिर बसेकाहरूले असललाई असल र खराबलाई खराब भनौँ ।’
त्यस्तै उनले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको धारणा राखे । उनले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताए । गलतलाई गलत भन्नै नसक्ने हो भने बीपीका अनुयायी र कांग्रेसका कार्यकर्ता हुन नसक्ने उनको भनाइ छ ।
उनले भने, ‘हिजो बजेट आयो सुन्दा कर्णप्रिय छ, सोचेकै जस्तो लाग्छ । तर नेपालको इतिहास हेर्ने हो भने कार्यान्वयन पक्ष चाँही अत्यन्तै कमजोर छ । राम्रो कामलाई राम्रो भन्नुपर्छ । तर गलत गरेको छ भने गलत भन्नैपर्छ । भन्न नसक्ने हो भने हामी बीपीका अनुयायी हुँदैनौं । हामी कांग्रेसका कार्यकर्ता हुँदैनौं । म यहाँ कसैको आलोचना गर्न आएको होइन, तर अत्यन्तै पीडा भएर बोल्दैछु ।’
नयाँ पुस्तालाई राजाको शासनकालबारे थाहा नभएको भन्दै नेता काेइरालाले वर्तमान अवस्थाबाट निराश बनेको बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस