गाउँ सहर

एमसिसीकी उपाध्यक्ष सुमार र प्रधानमन्त्री देउवाबीच भेट, विषयमै चर्चा

तस्बिरः प्रमकाे ट्विटर ।

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमारले शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन् ।

बिहीबार नेपाल भ्रमणमा आएकी एमसिसी उपाध्यक्ष सुमारले प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेट गरेकी हुन् ।

भेटमा प्रधानमन्त्री देउवासँग उनले एमसिसीबारे नेपालको धारणा तथा अमेरिका र नेपालबीचको सम्बन्धका विविध पक्षबारे कुराकानी गरेकी प्रमले ट्विटरबाट जानकारी गराएका छन् । 

प्रम देउवाकाे ट्विट यस्ताे छ-

गाउँ सहर संवाददाता