१६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको संशाेधित बजेट, कस्ताे छ ?
- गाउँ सहर संवाददाता
- २५ भदौ शुक्रबार, २०७८ | १६:४५:०० मा प्रकाशित
काठमाडौँ । विपक्षीको लगातारको विरोध र होहल्लाबीच नै प्रतिस्थापन विधेयक प्रस्तुत भएकाे छ । अर्थमन्त्री जनार्दन शर्माले विपक्षीको लगातारको विरोधलाई सुनेको नसुन्यै गर्दै प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।
बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड (४१.४२ प्रतिशत) छुट्याएको छ । पूँजीगततर्फ ३ खर्ब ७ अर्ब १० करोड (२३.१६ प्रतिशत), वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड (२३.७२ प्रतिशत) विनियोजन गरिएको छ ।
अर्थमन्त्री शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।
वित्तीय हस्तान्तरणतर्फ विनियोजितमध्ये चालु खर्चमा समानीकरण अनुदानसहित ३ खर्ब २५ अर्ब ७५ करोड (८४.११ प्रतिशत) र पूँजीगततर्फ ६१ करोड ५५ अर्ब (१५.८९ प्रतिशत) छुट्याइएको छ । राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड, वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड व्यहोरिने अर्थमन्त्री शर्माले बताएका छन् ।
चालु, पूँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट ब्यहोर्दा ५ खर्ब २२ अर्ब ९ करोड न्यून हुने सरकारले जनाएको छ । यो परिपूर्ति गर्न सरकारले २ खर्ब ८३ अर्ब ९ करोड वैदेशिक ऋण र २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेस गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले दिवगंत पूर्वसांसदहरु महेन्द्र शेरचन र जेबी टुहुरेको शोकप्रस्ताव पेश गरेका थिए ।
संसदको अर्को बैठक आइतबार बस्ने गरी सकिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
प्रतिकृया दिनुहोस