एमसिसी उपाध्यक्ष सुमार कम्प्याक्टमा सैन्य अंश नभएको प्रस्ट्याउन नेपाल भ्रमणमा
- गाउँ सहर संवाददाता
- २४ भदौ बिहीबार, २०७८ | २२:१५:०० मा प्रकाशित

काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतिमा सुमार मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) मा सैन्य अंश नभएको प्रस्ट्याउन नेपाल भ्रमणमा आएको जनाएको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासले बिहीबार विज्ञप्ति जारी गरी नेपालको भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने रु ५५ अर्बको उक्त कार्यक्रमलाई गति दिन चाल्नुपर्ने भावी कदमबारे विभिन्न सरकारी अधिकारी, व्यापारिक तथा सामुदायिक नेतृत्वसँग छलफल गर्न नेपाल आएको बताएको हाे ।
अर्थमन्त्रालयले गरेका प्रश्नको सम्बोधन तथा अस्पष्टता हटाउन र नेपाली जनताबाट एमसिसीबारे सुन्न सुमारकाे भ्रमण भएको विज्ञप्तिमा भनिएको छ ।
उपाध्यक्ष सुमारले एमसिसी अनुदानमा सैनिक अंश नरहेको तथा सम्झौताले नेपालको सार्वभौमिकतामा अवरोध नगर्ने र नेपालको संविधानभन्दामाथि सम्झौता नरहेको वास्तविकतालाई विशेषरूपमा सुनिश्चित एवं पुष्टि गर्ने जनाइएको छ ।
आजै उपाध्यक्ष सुमारले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग भेट गरेकाे थियाे ।
यस्तै उपाध्यक्ष सुमारसहितको टोलीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनकै माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्दैछ ।
शुक्रबार नै संसदको बैठक १ बजेका लागि निर्धारित गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस