कोरोनाभाइरसका कारण १४ जनाको मृत्यु, नयाँ १ हजार २७१ थपिँदा १ हजार ८४५ डिस्चार्ज
- गाउँ सहर संवाददाता
- २४ भदौ बिहीबार, २०७८ | १६:३७:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या १० हजार ९०३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ १ हजार २७१ संक्रमित थपिएका छन् । सोसहित कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ७ लाख ७४ हजार ५८७ र एन्टिजेन विधिबाट ८६ हजार २१९ पुगेको छ ।
अहिलेसम्म पिसिआरबाट ३९ लाख ९९ हजार ४९७ र एन्टिजेनबाट ५ लाख २ हजार ७७१ परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समयमा निको हुनेको संख्या १ हजार ८४५ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ३५ हजार ६ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ४५८ जना संक्रमित सघन र १३९ जनाको भन्टिलेटरमा उपचारार्थ छन् । देशभरका संस्थागत क्वारेन्टाइनमा रहनेको संख्या २६१, होम आइसोलेशनमा रहने २६ हजार ८८६ र संस्थागत आइसोलेशनमा १ हजार ७९२ रहेका छन् ।
देशमा सक्रिय संक्रमण २८ हजार ६७८ मा रहेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ९४.९ छ । पूर्ण खोप लगाउनेको संख्या ५१ लाख २ हजार २४४ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.४ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३६७.५ रहेको छ ।
अझैपनि १६ जिल्लामा ५०० बढी संक्रमित र २२ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस