कोरोनाभाइरसका कारण १४ जनाको मृत्यु, नयाँ १ हजार २७१ थपिँदा १ हजार ८४५ डिस्चार्ज
- गाउँ सहर संवाददाता
- २४ भदौ बिहीबार, २०७८ | १६:३७:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या १० हजार ९०३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ १ हजार २७१ संक्रमित थपिएका छन् । सोसहित कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ७ लाख ७४ हजार ५८७ र एन्टिजेन विधिबाट ८६ हजार २१९ पुगेको छ ।
अहिलेसम्म पिसिआरबाट ३९ लाख ९९ हजार ४९७ र एन्टिजेनबाट ५ लाख २ हजार ७७१ परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समयमा निको हुनेको संख्या १ हजार ८४५ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ३५ हजार ६ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ४५८ जना संक्रमित सघन र १३९ जनाको भन्टिलेटरमा उपचारार्थ छन् । देशभरका संस्थागत क्वारेन्टाइनमा रहनेको संख्या २६१, होम आइसोलेशनमा रहने २६ हजार ८८६ र संस्थागत आइसोलेशनमा १ हजार ७९२ रहेका छन् ।
देशमा सक्रिय संक्रमण २८ हजार ६७८ मा रहेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ९४.९ छ । पूर्ण खोप लगाउनेको संख्या ५१ लाख २ हजार २४४ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.४ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३६७.५ रहेको छ ।
अझैपनि १६ जिल्लामा ५०० बढी संक्रमित र २२ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस