नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- गाउँ सहर संवाददाता
- २४ भदौ बिहीबार, २०७८ | ०६:४९:०० मा प्रकाशित

काठमाडौँ । सरकारले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
निर्माण तथा आपूर्तिको काम तोकिएको अवधिमा पूरा नगर्ने ती नौ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एकदेखि दुई वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार जानकारी दिएको छ ।
इनरुवाको नुरानी कन्स्ट्रक्सन दुई वर्षका लागि कालोसूचीमा परेको छ । जलस्रोत तथा सिंचाइ विभागको सिफारिसमा उक्त निर्माण कम्पनी कालोसूचीमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालयले उल्लेख गरेकाे छ । बाँकी आठ वटा फर्म एक वर्षका लागि कालोसूचीमा परेका छन् ।
जनकपुरधामस्थित लर्ड शिवा जनरल सप्लायर्स, नुवाकोटको जिके/रेहान एण्ड सुन्दरा जेभी, काठमाडौँको नेपाल आर्किटेड एन्ड बिल्डर्स प्रालि, झापाको फ्रेन्डस अर्विट कन्स्ट्रक्सन, नुवाकोटको जलदेवी निर्माण सेवा, सोलुखुम्बुको भंगेरी निर्माण सेवा, दैलखको न्यू बेलासपुर कन्स्ट्रक्सन र ललितपुरको साथीभाई निर्माण सेवा एक वर्षका लागि कालोसूचीमा परेका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस