आज नेप्से ४४.१८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलब ६१ विन्दुमा थामियाे, लगानीकर्ता पछि हटे
- गाउँ सहर संवाददाता
- २२ भदौ मंगलबार, २०७८ | १५:३४:०० मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ४४.१८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलब ६१ विन्दुमा थामिएको छ ।
त्यस्तै, आज कोरोबार रकममा पनि गिरावट आएको छ । आज ७ अर्ब ४९ करोड ५८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका दुई समूह बाहेक अन्य सबै समूह घटेका छन् ।
लगानीकर्ता क्रमशः तेश्राेदिन घटेका छन् ।
नेप्सेका अनुसार आज कारोबार भएका दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी रहेको छ । आज सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५२.२० रुपैयाँ पुगेको छ भने युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७.७८ प्रतिशतले बढेर प्रतिकित्ता ६०७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज आरएमडीसी लघुवित्त वित्तीय संस्था र रुरु जलविद्युत परियोजना कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूलय आज करिब ७ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण युनाइटेड मोदी हाइड्रोपार कम्पनीको भएको छ । यस कम्पनीको आज ६१ करोड भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस