अर्थतन्त्र

सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्र सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत

काठमाडौँ । सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्र सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको  ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र मंगलवारदेखि खरीदविक्री गर्न सकिने छ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा निष्कासन गरेको सांग्रिला डेभलपमेण्ट बैंक ऋणपत्र २०८७ नामक ऋणपत्र सूचीकृत गराएको हो ।

सोमवार गते नेपाल स्टक एक्सचेञ्ज  र कम्पनीबीच धितोपत्र सूचिकरण सम्झौता भएसँगै मंगलवारदेखि कम्पनीको ऋणपत्र खरीदविक्री गर्न मिल्नेछ ।

गाउँ सहर संवाददाता