अर्थतन्त्र
सोमवार सुनको मूल्यमा झिनो गिरावट
- गाउँ सहर संवाददाता
- २१ भदौ सोमबार, २०७८ | १२:३२:०० मा प्रकाशित
काठमाडौँ । नेपाली बजारमा सोमवार सुनको मूल्यमा झिनो गिरावट आएको छ । आइतवार रू. ६०० ले बढेको सुनको भाउ सोमवार रू. १०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ४०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ९०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ९१ हजारमा कारोबार भएको थियो ।
यस्तै, सोमवार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतवार प्रतितोला रू. १ हजार २३० मा कारोबार भएको चाँदी सोमवार सोही मूल्यमा किनबेच भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
प्रतिकृया दिनुहोस