गाउँ सहर

पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु

काठमाडौँ। रोल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।

गएराती गएको पहिरोले रोल्पा नगरपालिका – १० थवाङमा घर पुरिँदा ५ वर्षीय बालक र ७० वर्षीया वृद्धाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार करिब दुई सय मिटर माथिबाट आएको पहिरोले घर पुर्दा दुई जनाको मृत्यु अनि २ जना घाइते भएका हुन्।

घाइतेहरु सामान्य रहेको प्रहरीले जनाएको छ।

गाउँ सहर संवाददाता