देशमा आमूल परिवर्तन आवश्यक : पूर्वमन्त्री सुब्बा
- गाउँ सहर संवाददाता
- २१ भदौ सोमबार, २०७८ | ०७:५१:०० मा प्रकाशित

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पूर्वमन्त्री रामकुमार सुब्बाले हिजोको परिवर्तनले जनताको आंकाक्षा पूरा नगरेको भन्दै देशमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् ।
‘विभिन्न जाति, वर्ग र क्षेत्रका सशक्तिकरणका सवाल, आर्थिक, सामाजिक तथा राजनीतिक रुपान्तरणका मुद्दाहरु अधुरो नै रहे । त्यसकारण देशमा संरचनागत परिवर्तन आवश्यक देखिएको छ,’ राप्रपा नेता सुब्बाले भने ।
वडा, गाउँ तहदेखि राप्रपा जाग्दै गरेको र एकतावद्ध राप्रपाले अब देश र जनताको चाहना पूरा गर्ने उनले बताए ।
राप्रपाका निर्देशन समिति सदस्य सुब्बाले राप्रपा अब नफुट्ने विश्वास प्रकट गरे । पार्टीलाई एक ढिक्का राख्न कार्यकर्ताले एक स्वरले नेताहरुलाई दवाब दिनु पर्ने उनको भनाइ थियो ।
राप्रपाको भोक्राह नरसिंह गाँउपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै, कार्यक्रमका प्रमुख अतिथि सुब्बाले सो विचार व्यक्त गरेका हुन् ।
हाजी मोईन आलम मिँयाको अध्यक्षतामा सम्पन्न अधिवेशनले हबिब मन्सुरीको अध्यक्षतामा ३१ सदस्य गाउँपालिका कार्य समिति निर्वाचित गरेको छ ।
सो कार्यक्रममा केन्द्रीय कार्य सम्पादन समिति सदस्य हसबुल मियाँ, केन्द्रीय सदस्यहरु ईनु अधिकारी, रामु पोखरेल, योगमाया तिम्सिना, जिल्ला अध्यक्ष दुर्गा बहादुर बस्नेत, जिल्ला निर्वाचन समिति सदस्य अबध बिहारी साह लगायत प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउँ कार्य समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस