पोखराका विभिन्न वडामा कांग्रेसको नयाँ कार्यसमिति
- गाउँ सहर संवाददाता
- २१ भदौ सोमबार, २०७८ | ०७:४६:०० मा प्रकाशित

पोखरा । नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको सन्दर्भमा पोखरा महानगरपालिकाका विभिन्न वडामा कांग्रेसको नयाँ कार्यसमिति चयन भएका छन् । जसका सभापतिहरुमा पोखराको वडा नं ४ मा गोबिन्द पराजुली, ७ मा नवीन बराल, ८ मा रमेश बराल ,९ मा शिव बास्तोला, पोखरा १० मा राजेश गुरुङ सभापति निर्वाचित भएका छन् ।
यसैगरी पोखरा ११ मा हरि बास्तोला, १५ मा सुशिलराज पराजुली, १६ मा अमृत शर्मा तिमिल्सिना, १७ मा देबराज आचार्य, २१ मा केबल गिरी, २२ मा होमप्रसाद बराल निर्वाचित भएका छन् ।
यसै क्रममा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि साविक लेखनाथका हाल वडा नं २६ मा शिव रानाभाट, वडा नं २७ मा नारायणमणि लामिछाने, वडा नं २८ मा विश्वरमण अधिकारी, वडा नं २९ मा दिपकमणि भण्डारी, वडा नं ३० मा ध्रुव न्यौपाने, वडा नं ३१ मा महेश पौडेल, वडा नं ३२ मा कुलप्रसाद अधिकारीे र वडा नं ३३ मा तिलक अधिकारी सभापति पदमा निर्वाचित भएका हुन् । पोखरा २० मा बाढीपहिरोका कारण त्यहाँको अधिवेशन भने २१ गतेलाई सारिएको बताइएको छ ।
वडा सभापतिदेखि कार्यसमितिका सदस्य तथा क्षेत्रिय प्रतिनिधिहरुमा यसपटक युवाहरुको बर्चस्व देखिएको छ ।
वडा समितिमा १ सभापति, २ उपसभापति, २ सचिव, २ सहसचिव र सदस्यहरु निर्वाचित भएका छन् । वडा अधिवेशनले वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि चयन गरेका छन् ।
कांग्रेसको विधान अनुसार १ सय ५० क्रियाशील सदस्य भएको वडा इकाइ समितिबाट १६ क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस