पोखराका विभिन्न वडामा कांग्रेसको नयाँ कार्यसमिति
- गाउँ सहर संवाददाता
- २१ भदौ सोमबार, २०७८ | ०७:४६:०० मा प्रकाशित
पोखरा । नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको सन्दर्भमा पोखरा महानगरपालिकाका विभिन्न वडामा कांग्रेसको नयाँ कार्यसमिति चयन भएका छन् । जसका सभापतिहरुमा पोखराको वडा नं ४ मा गोबिन्द पराजुली, ७ मा नवीन बराल, ८ मा रमेश बराल ,९ मा शिव बास्तोला, पोखरा १० मा राजेश गुरुङ सभापति निर्वाचित भएका छन् ।
यसैगरी पोखरा ११ मा हरि बास्तोला, १५ मा सुशिलराज पराजुली, १६ मा अमृत शर्मा तिमिल्सिना, १७ मा देबराज आचार्य, २१ मा केबल गिरी, २२ मा होमप्रसाद बराल निर्वाचित भएका छन् ।
यसै क्रममा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि साविक लेखनाथका हाल वडा नं २६ मा शिव रानाभाट, वडा नं २७ मा नारायणमणि लामिछाने, वडा नं २८ मा विश्वरमण अधिकारी, वडा नं २९ मा दिपकमणि भण्डारी, वडा नं ३० मा ध्रुव न्यौपाने, वडा नं ३१ मा महेश पौडेल, वडा नं ३२ मा कुलप्रसाद अधिकारीे र वडा नं ३३ मा तिलक अधिकारी सभापति पदमा निर्वाचित भएका हुन् । पोखरा २० मा बाढीपहिरोका कारण त्यहाँको अधिवेशन भने २१ गतेलाई सारिएको बताइएको छ ।
वडा सभापतिदेखि कार्यसमितिका सदस्य तथा क्षेत्रिय प्रतिनिधिहरुमा यसपटक युवाहरुको बर्चस्व देखिएको छ ।
वडा समितिमा १ सभापति, २ उपसभापति, २ सचिव, २ सहसचिव र सदस्यहरु निर्वाचित भएका छन् । वडा अधिवेशनले वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि चयन गरेका छन् ।
कांग्रेसको विधान अनुसार १ सय ५० क्रियाशील सदस्य भएको वडा इकाइ समितिबाट १६ क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस