खेल
नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित
- गाउँ सहर संवाददाता
- २० भदौ आइतबार, २०७८ | २०:०२:०० मा प्रकाशित
काठमाडौँ । भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
भारतले खेलको ६२ औँ मिनेटमा फारुक चौधरीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि भारतका कप्तान सुनिल क्षेत्रीले खेलको ८० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
खेलको ८७ औँ मिनेटमा नेपालका तेज तामाङले एक गोल फर्काएका थिए ।
साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।
यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस