खेल
नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित
- गाउँ सहर संवाददाता
- २० भदौ आइतबार, २०७८ | २०:०२:०० मा प्रकाशित
काठमाडौँ । भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
भारतले खेलको ६२ औँ मिनेटमा फारुक चौधरीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि भारतका कप्तान सुनिल क्षेत्रीले खेलको ८० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
खेलको ८७ औँ मिनेटमा नेपालका तेज तामाङले एक गोल फर्काएका थिए ।
साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।
यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस