साताको पहिलो कारोबारको दिन आज आइतबार उच्च अंकको गिरावट हुँदापनि ११ अर्ब २४ करोड ३ लाख बराबरको कारोबार
- गाउँ सहर संवाददाता
- २० भदौ आइतबार, २०७८ | १५:४१:०० मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ ।
आजको कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक १२ बजेर ५९ मिनेट जाँदा ५.३ प्रतिशतले घटेर ४० मिनेटको लागि बन्द भयो । उक्त समयपश्चात नेप्सेमा पुनः कारोबार शुरु भएको थियो । अन्ततः आज नेप्से १०८.२६ अंकले घटेर दुई हजार ८ सय १८ दशमलब ७३ विन्दुमा बन्द भएको छ ।
नेपाल राष्ट्र बैंकले शेयर प्रकृतिको कर्जामा एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै वित्तीय संस्थाहरुबाट १२ करोडभन्दा बढी शेयर कर्जा लिन नपाउने व्यबस्था गरेपछि बजारमा एक महिनादेखि बजार उत्तारचढावका बीचमा कारोबार भइरहेको छ ।
नेप्सेका अनुसार आज ११ अर्ब २४ करोड ३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज कारोबार भएका धेरैजसो कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७० करोड भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस