कोरोनाबाट थप २० जना संक्रमितको मृत्यु, ७ हजार ९७१ को परीक्षण गर्दा १ हजार ८९ संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- २० भदौ आइतबार, २०७८ | १६:३२:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप २० जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ९७१ को परीक्षण हुँदा १ हजार ८९ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ३९ लाख ५८ हजार ११२ को पिसिआर र ४ लाख ८७ हजार ७४४ जनाको एन्टिजेन परीक्षण भएको छ । जसबाट ७ लाख ६९ हजार २७१ पिसिआरबाट र ८५ हजार ५० एन्टिजेन विधिबाट संक्रमित पहिचान भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ५२३ सघन र १२६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार ५३४ छ । प्रतिशतमा हेर्दा यो ९४.५ हो । योसहित कुल निको हुनेको संख्या ७ लाख २७ हजार १८५ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २६६ र होम आइसोलेशनमा रहेको संख्या २९ हजार ८१ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार १६७ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ रहेको छ ।
मन्त्रालयका अनुसार १९ जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० संक्रमित माथि रहेको जिल्ला २० छ ।
अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ४८ लाख ९५ हजार १५२ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.५ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३६५.३ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस