बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव
- गाउँ सहर संवाददाता
- १९ भदौ शनिबार, २०७८ | १९:१३:०० मा प्रकाशित

धरान । धरानको विष्णुपादुकाकी ३९ वर्षीय फूलमाया राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन् ।
उपचारका क्रममा चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै बिरामीका आफन्तले विरोध गरेका हुन् ।
धरानको उपमहानगरपालिकाका मेयर तिलक राईको उपस्थितिमा शनिबार बिहान मृतका आफन्त र अस्पताल प्रशासनबीच सम्झौताको प्रयास भए तापनि सम्भव हुन नसकेपछि आन्दोलनले चर्को रुप लिएको हो ।
आज बिदाको दिन भएकाले मृतकका आफन्त र अस्पताल प्रसासनबीच थप वार्ता र छलफल हुन नसके पनि एक प्रहरी अधिकारीले आइतबार बिहान ९ बजे अस्पताल प्रशासनसँग वार्ताको वातावरण तयार गर्नको लागि आश्वासन दिएपछि आन्दोलन स्थगित भएको बताइएको छ ।
मृतकका आफन्तले घटना छानबिनको माग गरेका छन् । उनीहरुले चिकित्सक दोषी देखिए कडाभन्दा कडा कारबाही गरी पीडितले उचित क्षतिपूर्तीको पाउनु पर्ने माग समेत गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस