स्वास्थ्य

काठमाडौँ उपत्यकामा घट्याे काेराेना संक्रमण, ३८६ जना थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २८९, भक्तपुरमा ४४ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ । शनिबार २ हजार १९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३१ हजार ८२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता