समावेशी सुनिश्चिततासहित कांग्रेसले सच्यायाे निर्देशिका
- गाउँ सहर संवाददाता
- १८ भदौ शुक्रबार, २०७८ | ०५:२०:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्बन्धी निर्वाचन निर्देशिका संशाेधन गरिएकाे छ । सच्याइएकाे निर्देशिकामा थप समावेशी बनाइएको छ । नेता मीन बहादुर विश्वकर्माले निर्वाचन निर्देशिका असमावेशी भएको भन्दै केन्द्रीय सदस्य र दलित संंघको अध्यक्षबाट राजीनामा दिएपछि निर्देशिका सच्चिएको छ ।
विहीबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र, मानबहादुर विश्वकर्मा र जीवन परिवारले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँगको परामर्शपछि निर्देशिका सच्याएका हुन् ।
अब महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता प्रतिनिधित्व थप सुनिश्चित गरिएको छ । अब कुनै पनि वडामा एक जना मात्र क्रियाशील सदस्य भएको अवस्थामा पनि कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिमा हुने व्यवस्था गरिएको छ । यसअघि जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गरिएको थियो ।
उक्त व्यवस्था अब सबै कलस्टरका हकमा लागू हुने गरी निर्देशिका संशोधन गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
“२०७८ साउन ३० गते बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्थासमेतको निर्वाचन निर्देशिका कार्यसमितिको बैठकमा प्राप्त सुझाव समेतलाई ध्यानमा राखी निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सहमतिमा टुङ्गो लगाई पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने गरी भनी गरिएको निर्णयका आधारमा थप निर्णय गरिएको छ,” कांग्रेसको निर्णयमा भनिएको छ, “महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्ये केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार माथि उल्लेखित कुनै पनि समूहको पालिका वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो वडामा सो समूहबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको खण्डमा एकजना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गरिने छ ।”

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
प्रतिकृया दिनुहोस