समावेशी सुनिश्चिततासहित कांग्रेसले सच्यायाे निर्देशिका
- गाउँ सहर संवाददाता
- १८ भदौ शुक्रबार, २०७८ | ०५:२०:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्बन्धी निर्वाचन निर्देशिका संशाेधन गरिएकाे छ । सच्याइएकाे निर्देशिकामा थप समावेशी बनाइएको छ । नेता मीन बहादुर विश्वकर्माले निर्वाचन निर्देशिका असमावेशी भएको भन्दै केन्द्रीय सदस्य र दलित संंघको अध्यक्षबाट राजीनामा दिएपछि निर्देशिका सच्चिएको छ ।
विहीबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र, मानबहादुर विश्वकर्मा र जीवन परिवारले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँगको परामर्शपछि निर्देशिका सच्याएका हुन् ।
अब महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता प्रतिनिधित्व थप सुनिश्चित गरिएको छ । अब कुनै पनि वडामा एक जना मात्र क्रियाशील सदस्य भएको अवस्थामा पनि कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिमा हुने व्यवस्था गरिएको छ । यसअघि जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गरिएको थियो ।
उक्त व्यवस्था अब सबै कलस्टरका हकमा लागू हुने गरी निर्देशिका संशोधन गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
“२०७८ साउन ३० गते बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्थासमेतको निर्वाचन निर्देशिका कार्यसमितिको बैठकमा प्राप्त सुझाव समेतलाई ध्यानमा राखी निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सहमतिमा टुङ्गो लगाई पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने गरी भनी गरिएको निर्णयका आधारमा थप निर्णय गरिएको छ,” कांग्रेसको निर्णयमा भनिएको छ, “महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्ये केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार माथि उल्लेखित कुनै पनि समूहको पालिका वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो वडामा सो समूहबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको खण्डमा एकजना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गरिने छ ।”

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस