मन्त्री नपाउने भएपछि रामेछापका पौडेलले अन्तिम घडीमा माधव नेपालको साथ छाडे
- गाउँ सहर संवाददाता
- १५ भदौ मंगलबार, २०७८ | १६:३३:०० मा प्रकाशित

रामेछाप । रामेछापबाट निर्वाचित नेकपा एमालेका सांसद शान्तिप्रसाद पौडेलले माधवकुमार नेपालकाे साथ छाडेका छन् ।
मन्त्रीको बार्गेनिङ गरेका वाग्मती प्रदेश सांसद पाैडेलले मन्त्री पद नपाउने छाँटकाँट देखेपछि अन्तिम घडीमा नेपालकाे साथ छाडेकाे बताइएकाे छ ।
प्रदेशसभा सदस्यहरूले नेकपा एसको पक्षमा सनाखत गर्ने बेलामा उनी हेटौंडा नगइ रामेछापतर्फ लागेका छन् ।
उनी जेठ २ अघिका एमाले रामेछापको अध्यक्ष हुन् । यसअघि उनले उनी माधव नेपालकाे पक्षमा थिए भने पार्टी विभाजनपछि एमालेमै रहने कि नेकपा एसमा जाने भन्ने निर्णय गरेका थिएनन् ।
१० बुँदे सहमति कार्यन्वयन भएर आफू एमालेको अध्यक्षको भूमिकामा फर्किन पाइने भएपछि पौडेलले माधव समूह छाडेका हुन् ।
नेकपा एकतापछि माओवादीले अध्यक्ष पाउँदा उनी सचिव थिए । एमाले ब्युँतिएपछि उनी माधव नेपाल समूहमा थिए ।
यसअघि उनी केपी शर्मा ओलीको कडा विराेध गर्दै आएका थिए ।
स्मरण रहाेस् यसअघि वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालय उनकै समकक्षी कैलाश प्रसाद ढुङ्गेल थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस