गाउँ सहर

चालक अनुमति पत्रको परीक्षा भदौ २० देखि (सूचनासहित)

काठमाडाैं । बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ ।

आज सूचना निकालेर कार्यालयले वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गते आइतबारदेखि सञ्चालन गर्न लागेको हो ।

प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरू, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी हुने सम्पूर्ण परीक्षाहरू र कार्यालयमा उपस्थित भई वर्ग थपको लागि राजश्व बुझाइसकेका सेवाग्राहीलाई सेवा लिन आउन कार्यालयले अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता