अर्थतन्त्र

नेपाल बैंक लिमिटेडकाे अध्यक्षमा सुमनराज अर्याल

काठमाडौँ । नेपाल बैंक लिमिटेडले अध्यक्षमा सुमनराज अर्याल चयन गरेको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट बैंकको सञ्चालक पदमा नियुक्त भएका अर्याललाई कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा चयन गरेको नेप्से मार्फत जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष आजैका मितिमा पद तथा गोपनियता शपथ ग्रहण गरेको पनि बैंकले जनाएको छ ।

गाउँ सहर संवाददाता