फोहोर टिप्ने बहाना बनाई घरमा चोरी गर्ने व्यक्ति पक्राउ
- गाउँ सहर संवाददाता
- १० भदौ बिहीबार, २०७८ | १९:२६:०० मा प्रकाशित

काठमाडाैँ । काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा घर, कारखाना तथा बाटोमा फ्यालिएका कार्टुनका टुक्राहरु लगायतका अन्य फोहोरमैला समेत उठाउने भेष बनाई खाली ताला लगाईराखेका तथा सुनसान घरहरुबाट मौका छोपी नगद, ल्यापटप, मोबाईल तथा विभिन्न सुन-चाँदीका गर-गहनाहरु चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
खोजतलास गर्ने क्रममा मिति २०७८/०२/०१ गते रातीको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. ०३, लोकन्थली, राममन्दिर, बुढाथोकीगाउँ स्थित नरेन्द्रराज सिजापतीको घरबाट MI Notebook, Nokia मोबाइल सेट थान १, नगद रु. २७,०००।- लगायतका धनमाल समेत रु. १,८५,५००।- बराबरको धनमाल चोरी गरी लाने कार्यमा संलग्न जिल्ला ललितपुर, बालकुमारी बस्ने झोक्की भन्ने कुमार तोलाङ्गेलाई यस महाशाखाबाट खटिएको विशेष टोलीले मिति २०७८।०५।०८ गते अन्दाजी १६:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं.३२ बालकुमारी पुलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, ठिमी भक्तपुर पठाएको प्रहरीले बताएकाे छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा निज झोक्की भन्ने कुमार तोलाङ्गे बिजुलीको तार चोरी मुद्धामा वि.सं. २०७२ साल असोजमा पक्राउ परी जेल चलान भई २०७५ सालतिर छुटेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस