एन आई सी एशिया बैंकद्वारा बीमा सहितको निक्षेप सुविधाअन्तर्गत रू. २० लाख बीमा रकम भुक्तानी
- गाउँ सहर संवाददाता
- ९ भदौ बुधबार, २०७८ | १६:१७:०० मा प्रकाशित
काठमाडाैँ । एन आई सी एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत दुई जना खातावालालाई जनही रू. १०–१० लाख गरी कुल रू. २० लाख बीमा रकम भुक्तानी गरेको छ ।
बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५, बसुन्धारा निवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरिएको छ । निजकी पत्नी रुकमती श्रेष्ठलाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
साथै बैंकको कञ्चनपुर जिल्लास्थित पुनर्वास शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘प्राइम श्रेणी’ को खाता खोलेका पुनर्वास–६, कञ्चनपुर निवासी रमेश अर्यालको दुर्घटनापश्चात् मृत्यु भएकोमा उनकी पत्नी विनिता सुवेदीलाई दुर्घटना बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरिएकोे छ । निजलाई बैंकको पुनर्वास शाखा प्रमुख एमपौस चौधरीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
बैंकको यस सुविधाबाट घरको मुख्य मान्छे नै गुमाएका परिवारजनले ठूलो लाभ प्राप्त गर्ने विश्वास निज विनिताले व्यक्त गर्दै उनले भनिन्न्, ‘मेरो परिवारलाई सहयोग गरेवापत यस बैंकका सम्पूर्ण परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’ दुबै लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो ।
बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ५५० जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको रू. ३ करोड ५८ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस