वातावरण

मंगलबार थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभागका अनुसार, २०७८ भाद्र ०८ गते मगंलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता