कोरोनाबाट थप २४ जनाको मृत्यु, निको भए २ हजार २४८, संक्रमण दर १९.५ प्रतिशत
- गाउँ सहर संवाददाता
- ६ भदौ आइतबार, २०७८ | १६:३१:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ५१६ को परीक्षण हुँदा १ हजार ९२० संक्रमित थपिएका छन् । जसमा ५९.७६ पुरुष र ४०.२४ प्रतिशत महिला छन् ।
आजसम्म जम्मा ३८ लाख ३० हजार ६९१ पिसिआर र ४ लाख ३२ हजार ५५५ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख ४७ हजार ४३३ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ८० हजार २०९ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ६८१ सघन र १६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या २ हजार २४८ छ । निको हुनेको प्रतिशत ९३.४ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ४२१ र होम आइसोलेशनमा रहेको संख्या ३५ हजार ५५५ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार १९६ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ३८ लाख ४६ हजार ७३६ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ । संक्रमण दर १९.५ प्रतिशत रहेकाे मन्त्रालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस