कोरोनाबाट थप २४ जनाको मृत्यु, निको भए २ हजार २४८, संक्रमण दर १९.५ प्रतिशत
- गाउँ सहर संवाददाता
- ६ भदौ आइतबार, २०७८ | १६:३१:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ५१६ को परीक्षण हुँदा १ हजार ९२० संक्रमित थपिएका छन् । जसमा ५९.७६ पुरुष र ४०.२४ प्रतिशत महिला छन् ।
आजसम्म जम्मा ३८ लाख ३० हजार ६९१ पिसिआर र ४ लाख ३२ हजार ५५५ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख ४७ हजार ४३३ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ८० हजार २०९ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ६८१ सघन र १६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या २ हजार २४८ छ । निको हुनेको प्रतिशत ९३.४ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ४२१ र होम आइसोलेशनमा रहेको संख्या ३५ हजार ५५५ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार १९६ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ३८ लाख ४६ हजार ७३६ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ । संक्रमण दर १९.५ प्रतिशत रहेकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस