अर्थतन्त्र

नेपाली बजारमा बिहीबार सुनको मूल्य ताेलाकाे कति ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुनको मूल्य ९१ हजार दुई सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य तोलामा पनि चार सय रुपैयाँले घटेर ९० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

गाउँ सहर संवाददाता