राजनीति

एमाले विभाजित, नेपालले गरे नेकपा एमाले (समाजवादी) दल दर्ता, चुनाव चिह्न खुला किताब

काठमाडौं । नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।

पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चाैधरीले जानकारी दिए । 'निर्वाचन आयाेगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,' उनले भने ।

मंगलबार सरकारले दल विभाजन सहज हुने गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो । उक्त अध्यादेश बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी जारी गरेसँगै नेपालपक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दर्ता गरेको हो ।

गाउँ सहर संवाददाता