बास्काेटाले साेधे- “सरकार कहाँ छ जनता जान्न चाहन्छन्” बस्नेतले भने-“वी मिस केपी ओली”
- गाउँ सहर संवाददाता
- ३२ श्रावण सोमबार, २०७८ | १४:०४:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका सांसद् गोकुल बास्कोटाले अफगानिस्तानमा रहेका नेपालीको रक्षाको माग गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा उनले दुनियाँले थाहा पाउँदा पनि अफगानिस्तानको घटनाको विषयमा सरकारले थाहा नपाएको भन्दै कटाक्ष गरे ।
“सार्क राष्ट्रको अध्यक्ष । यस देशको प्रधानमन्त्री । कम्फर्टेबल सरकार । जनकवी केसरीले भनेजस्तो दुनियाँ भर मादल बज्दा पनि ब्युँझिएन सभामुख महोदय थाहा पाएन,” उनले भने ।
बास्कोटाले त्यहाँ रहेका नेपालीको फिर्ताको व्यवस्था गर्न माग गर्दै घटनाबारे सरकारको दृष्टिकोण स्पष्ट पार्न माग गरे । उनले संसद्मा जानकारी गराउन पनि माग गरे । उनले अफगानिस्तानको घटना क्रान्ति हो कि प्रतिक्रान्ति भन्दै प्रश्न पनि गरे ।
उनले भने, “सरकार कहाँ छ जनता जान्न चाहन्छन् । हामी जान्न चाहन्छौं ।”
त्यसैगरि, सांसद महेश बस्नेतले ‘जनताले वी मिस केपी ओली' भन्न थालेकाे बताएका छन् ।
‘जनताले वी मिस केपी ओली भनिरहेका छन्,' उनले भने, 'फेरि केपी ओलीको सरकार ल्याउनु पर्ने हो ?’ सांसद बस्नेतले एक महिनाभन्दा बढी समय भइसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्न नसकेको बताए ।
अफगानिस्तानमा अलपत्र नेपालीलाई तत्काल फिर्ता ल्याउन सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद बस्नेतले अफगानिस्तानमा अलपत्र १५ हजार नेपालीलाई फिर्ता ल्याउने काममा सरकारले किन ढिलाइ गरेको भन्दै प्रश्न पनि गरे ।
‘सरकारले अनलाइन फारम भर्न लगाएर र समिति बनाएर सरकार पन्छिन मिल्छ ?’ उनले भने । सांसद बस्नेतले जनताले अहिले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झिरहेको बताए ।
‘वर्तमान प्रधानमनत्रीले काम गरिरहेका राजदूतलाई हटाउने, नयाँ सरकार बनाउन नसक्ने, परराष्ट्रमन्त्री बनाउन नसक्ने, जनताको पक्षमा भूमिका खेल्न नसक्ने,’ उनले भने, ‘के फेरि आन्दोलन गर्नु पर्ने हो ? फेरि केपी ओलीको सरकार ल्याउनु पर्ने हो ? यो नेपाली जनताको आवाज छ । यसतर्फ ध्यान जाओस् । ’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस