लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस
- गाउँ सहर संवाददाता
- २८ श्रावण बिहीबार, २०७८ | ११:२१:०० मा प्रकाशित

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आव्हान गरेअनुरूप सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले दाबी पेर गरेकाे छ ।
गठबन्धन दलले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षरसहित दावी पेस गरेका छन् ।
नयाँ सरकार गठनको लागि लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन छन् ।
एमालेकातर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बुधबार सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा धेरै दललाई बहुमतको सरकार बनाउन बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्ने समय तोकिएको छ । एमाले भने सरकारको दाबी पेस गर्ने पक्षमा छैन ।
गठबन्धनले आजै मुख्यमन्त्रीको नियुक्ति शपथसहित ४ जनाको मन्त्रिपरिषद् गठनको तयारी गरेको छ । जसमा मुख्यमन्त्री सहित माओवादी केन्द्रबाट २, नेपाली कांग्रेस र जनता समाजवादीबाट एक एक जना सहभागी हुने गठबन्धनको तयारी छ ।
लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ । त्यसैले प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नेछन् । आजै सपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने केसीको तयारी छ ।
अल्पमतमा परेपछि एमाले नेता शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
मुख्यमन्त्रीमा भने माओवादी केन्द्र र नेपाली कांग्रेसले आलोपालो नेतृत्व गर्ने निर्णय भएको छ । मुख्यमन्त्रीमा माओवादी केन्द्र र कांग्रेसले आलोपालो गर्ने, जनता समाजवादीलाई सरकारमा सहभागी बनाउने र राष्ट्रिय जनमोर्चा सरकार बाहिरै बसेर सहयोग गर्ने निर्णय भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस