कुलमानले दाेस्राे कार्यकालका लागि बुझे नियुक्तिपत्र
- गाउँ सहर संवाददाता
- २७ श्रावण बुधबार, २०७८ | १३:३८:०० मा प्रकाशित

काठमाडाैं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । आज ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र दिएका हुन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ ।
पहिलो ४ वर्षे कार्यकाल पूरा गरेर २०७७ भदौ ४ गते विदा भएका घिसिङ दोस्रो पटक कार्यकारी निर्देशक नियुक्त भई विद्युत प्राधिकरणमा आएका हुन् ।
प्राधिकरण नेतृत्वमा आएका घिसिङको दोस्रो कार्यकाल चुनौतीपूर्ण हुने देखिन्छ ।
भुसाल मन्त्री नियुक्त भएदेखि नै उद्योग तथा घरायसी ग्राहकको विद्युत महसुल घटाएर समायोजन गर्ने अभिव्यक्ति दिँदै आएकी छन् । मन्त्रीले भनेको जस्तै गरी विद्युत महसुल घटाएर समायोजन गर्नु पर्ने दवाव उनलाई आउने देखिन्छ । यसाे गर्दा प्राधिकरणले विद्युत बिक्री गरेर गर्ने आम्दानी पनि खुम्चिने छ ।
यस्तै, राजनितिक लोकप्रियताका लागि २० युनिटसम्म खपत गर्ने ग्राहकलाई नि:शुल्क विद्युत दिने घोषणा पनि मन्त्री भुसालले गरिरहेकी छन् । उनको यो घोषणा कार्यान्वयन हुँदा यसको भार प्राधिकरणको वित्तीय स्वास्थ्यमा पर्न जानेछ ।
प्रसारण तथा वितरण प्रणालीको समस्या समाधान, बढ्दो चुहावट नियन्त्रण, कोरोना (कोभिड–१९) महामारीका कारण बाँकी रहेको विद्युत बक्यौता उठाउने चुनौतीसमेत घिसिङलाई रहनेछ । प्रसारण लाइनकाे समस्याले निजी क्षेत्रका जलविद्युतगृहले उत्पादन गरेकाे विद्युत खेर गइरहेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस