शेयरबजारका कुरा : हालसम्मकै उच्च बिन्दुमा नेप्से, १७ अर्ब बढिकाे काराेबार
- गाउँ सहर संवाददाता
- २६ श्रावण मंगलबार, २०७८ | १५:५४:०० मा प्रकाशित

काठमाडाैं । शेयर बजार मापक सूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । मंगलबार विकास बैंक र फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचक ५१.९१ विन्दुले बढेर ३१६१.५६ विन्दुमा पुगेको छ ।
यस दिन १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७८ रुपैयाँ बराबरको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर कारोबार भएको छ ।
यो दिन १६३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
मंगलबार अपर तामाकोशी हाइड्रोपावरको सबैभन्दा धेरै ८९ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
मंगलबार ११ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन सेन्ट्रल फाइनान्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, आईसीएफसी फाइनान्स, जीवन विकास लघुवित्त र प्रोगेशिभ फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।
शेयरमूल्य घट्ने कम्पनीमा अधिकाँश हाइड्रोपावर कम्पनी रहेका छन्। यस दिन साञ्जेन जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै ५.१६ प्रतिशतले घटेको छ ।
यस दिन कारोबारमा आएका १३ वटा उपसमस्हको सूचकमध्ये १० उपसमूहको सूचक सकारामत्मक देखिउको छ भने बाँकी ३ उपसमूहको सूचक नकारात्मक देखिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस