मुखकाे स्वास्थ्य मापदण्ड, सबै क्षेत्र अस्तव्यस्त
- गाउँ सहर संवाददाता
- २५ श्रावण सोमबार, २०७८ | २१:५८:०० मा प्रकाशित
काठमाडाैँ । मुखमा सबैले स्वास्थ्य मापदण्डकाे कुरा गरेपनि व्यवहारमा शुन्य । सबैक्षेत्रका दृश्यहरूले देखाउँछन् कि स्वास्थ्य मापदण्डमा व्यक्तिदेखि कार्यालयसम्म कहिँपनि पालना गरिएकाे पाइँदैन ।
काेराेना महामारीले १० हजार बढीकाे ज्यान लिइसक्याे अनि ७ लाख माथिलाई संक्रमित बनाइसक्याे । अवस्था झनै विषम हुँदा भूँडीकाे कहरले काेराेना जितेकाे भान भइरहेकाे छ । कतैतिर पनि स्वास्थ्य मापदण्ड पालना नभइरहेकाे दृश्यहरू सार्वजनिक भइनैरहेका छन् ।
याे र उ भन्दापनि सबैतिर जनस्वास्थ्य लत्याइएकाे छ अनि पछिल्लाे समय संक्रमणसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या बढेकाे छ ।
अस्पताल उस्तै लथालिंग, यातायात झनै भताभुंग, चिया पसल खत्तम, सडक मनपरी, कार्यालय भन्ने ठाउँ नै छैन । स्कूल तथा कलेज बन्द छन् तर मनलागि परीक्षा बन्द र संचालन गरिएका छन् । महामारीकेन्द्रित पूर्वाधार विकास भएन, गरिएन । कसैलाई काेराेना लाग्ने र नलाग्ने देखिएकाे छ, व्यवहार त्यस्तै छ । यस्तै छ पछिल्लाे नेपालका दृश्यहरू । सबैले जानेका तर कुल्चेका गतिविधि देख्न र भाेग्न पाइएकाे छ । यसरी महामारी जितिएला ?
गर्मीले हुनसक्छ जनताले मास्क फ्यालिसके । तन्दरूस्त वर्ग त मास्क नै लगाउँदैनन् । विराेध गर्दा काेराेना जान्छ भन्न थालेका छन् । जान्नेले पनि थुत्न थालिसकेका छन् । तर जसकाे घरमा पीडा परेकाे छ उ झनै त्रसित बनेकाे छ । कतै पुनः महामारीले अत्यासलाग्दाे रूप देखाउने त हाेइन, भनेर ।
अलिक अगाडिसम्म हप्किदप्की सुनिथ्याे, ए मास्क खाेई ? दुरी कायम गर । तर अहिले ठूलाे आंखाले उत्तर दिन थालिएकाे छ । खाेपका धमास पिटिरहिएकाे छ जुन काेराेनाकाे खाेप हाेइन, केवल इम्युनिटीकाे हाे भन्ने विर्सिएकाे छ ।
काेराेनाले सिकायाे तर हामी छाेटाे समयमै अन्जान बन्दै गएका छाैँ । मास्क र दुरी त सकिने नै हाे तर पालना न हामीले गरेका छाैँ न निकायले कडाई । दाेहाेराे अटेरी बढ्दै जाँदा काेराेनाकाे ग्राफ पछिल्लाे सप्ताह झनै उक्लिएकाे छ । प्रत्येक दिनकाे तथ्यांक हेराैँ ।
महामारीले कसैलाई नछाेएकाे छैन तरपनि सबैलाई बाँच्नु छ । जीवन सबैकाे रहे त्यसपछिकाे कुरा अरू छँदैछ । तर याे भन्दैगर्दा जीविका गुमेकाे छ र अवस्था दयनीय बनेकाे छ । यसबाट निस्कनकाे लागि बाँचिएछ भनेपनि कतिवर्ष लाग्ने हाे अनुमानभन्दा बाहिर छ । तरैपनि महामारीमा बहुलाउन सकिन्न । यससँग सुरक्षित रहेर जीवन चलाउनुकाे विकल्प छैन ।
सबैले सबै क्षेत्रमा चनाखाे हुनु नै अहिलेकाे अपरिहार्यता हाे । किनकी सबैकुरा एकैपटक चाहिँदा हाम्रा संरचनाले थेग्न नसक्ने दृश्य देखिसकिएकाे छ । कसैले भनेन, अनुहार खाेल्दा विश्व जितिनेजस्ताे नगराैँ । सेनिटाइजरकाे प्रयाेग र स्वास्थ्य मादण्डमा खेलबाड नगराैँ । सबै सचेत हुनसके मात्र भाइरस जित्न सकिन्छ । नत्र बन्द हुँदा केहि कम हुने र खुल्दा पुनः भूषमा सल्किएकाे आगाेजस्ताे फैलने अनुभूत पनि गरिसकेका छाैँ ।
सबैले सबै क्षेत्रमा स्वास्थ्य मापदण्ड अपनाउँ, सजग बनाैँ र अरूकाे जीवन बचाउन महत्वपूर्ण याेगदान दिउँ । पीडा परेकाे वर्गमा सरकारले कुनै प्याकेज ल्याउन सकेन, पुनः घचघच्याउँ र उनीहरूमा मल्हम लगाउने प्रयास गराैँ । केहिलाई नेता बनाउने भन्दापनि जनता बचाउने अभियानलाई अगाडि बढाउँ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस