ठाकुर जसपाको अध्यक्षबाट साधारण सदस्य, यादव पक्षका ३५ जना मात्रै कार्यकारिणी सदस्य
- गाउँ सहर संवाददाता
- २५ श्रावण सोमबार, २०७८ | १६:४९:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गर्दै महन्थ ठाकुर पक्षका १६ जनाबाहेकको केन्द्रीय कार्यकारिणी समितिको नाम मात्र अभिलेखिकरण गरेकाे छ ।
आयोगमा जसपाको आधिकारिकता पाएको उपेन्द्र यादव अध्यक्षताको बैठकले गरेको निर्णयको माइन्युट बमोजिम कार्यकारिणी समितिको अभिलेखीकरणमा यादवको पक्षमा उभिएका ३५ जनालाई अभिलेखीकरण गरिएको हो ।
अब जसपाको अध्यक्षबाट महन्थ ठाकुर कानूनी रुपमा हटेका छन् । ठाकुर पक्षका १६ जनाबाहेकको केन्द्रीय कार्यकारिणी समिति आयोगको अभिलेखमा कायम भएपछि ठाकुर, राजेन्द्र महतो, सरतसिंह भण्डारी लगायतको हैसियत साधारण सदस्यमात्र भएको छ ।
गत साउन ११ गते जसपाको आधिकारिता विवाद मिलाउनका लागि आयोगले हेट काउन्टका लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो ।
यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ कार्यकारिणी समितिले सनाखत गरेका थिए । निलम्बित सांसद् समेत रहेका कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस