दुई वटा मतपत्र खसाल्न खोज्ने जसपा नेता पक्राउ
- गाउँ सहर संवाददाता
- १० बैशाख आइतबार, २०८० | १३:०५:०० मा प्रकाशित

बारा । बारा क्षेत्र नं. २ को उपचुनावमा मतदान जारी रहेको बेला एक जनाले छाप लगाइएको दुईवटा मतपत्र खसाल्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनता समाजवादी पार्टीका नेता रामसागर यादव भएको प्रहरीले जनाएको छ ।
छाप लगाइएको दुईवटा मतपत्र लिएको पाएपछि यादवलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।देवताल गाउँपालिका वडा नं. ७ स्थित वडा कार्यालय पिपरपाती जब्दीमा रहेको मतदान केन्द्रमा यादवसँग दुईवटा मतपत्र फेला परेको थियो ।
जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका यादव अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । नमुना मतपत्र पनि मतपेटिकामा खसाल्न लागेकोले प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
पक्राउ परेका यादवलाई साँझ ५ बजे पछि छोडिने प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए। यस्तै सोही गाउँपालिका वडा नं. २ कल्याणपुर मतदान केन्द्रबाट चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मतदान केन्द्रमा हो–हल्ला गरिरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस