सर्वोच्चद्वारा पदमुक्त तीन सांसदहरुको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार
- गाउँ सहर संवाददाता
- २५ श्रावण सोमबार, २०७८ | १४:५७:०० मा प्रकाशित
काठमाडाैं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सभाका पदमुक्त तीन जना सांसदहरुको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सांसद पुनर्बहालीको मागसहित शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि पदमुक्त भएका प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे लम्साल र विजयबहादुर यादवले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
सोमबार न्यायधीश इश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । मुद्दाको पक्ष र विपक्ष दुवैलाई भदौ ८ गते छलफलका लागि आउन सर्वोच्चले आदेश गरेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिँदा नमानेपछि सांसदबाट पदमुक्त गरेका थिए । निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिता विवाद टुंग्याउँदै यादवलाई मान्यता दिएको थियो ।
साउन १५ मा पदमुक्त उनीहरुले पुनर्बहाली र प्रदेश सभा सचिवालय, सभामुख एवं पार्टी अध्यक्षविरुद्ध अवहेलनासम्बन्धी निवेदन दर्ता गराएका थिए । यसअघि पार्टीले सदस्यबाट निष्कासन गरेपछि वैशाख १६ मा प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई पदमुक्त गरेका थिए । पदमुक्त भएका सदस्यलाई अदालतले पुनर्बहाली गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
प्रतिकृया दिनुहोस