सत्ता गठबन्धनकाे न्यूनतम साझा कार्यक्रमकाे कार्यविधिसम्बन्धी प्रतिवेदन शीर्ष नेताहरूकाे हातमा
- गाउँ सहर संवाददाता
- २२ श्रावण शुक्रबार, २०७८ | ११:४९:०० मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारी बुझाएको छ ।
कार्यदलले न्यूनतम साझा कार्यक्रम, सरकार संचालन आचासंहिता र सत्ता संचालन कार्यविधिसम्बन्धी प्रतिवेदन तयार पारेर शुक्रबार शीर्ष नेताहरूलाई बुझाएको हाे । सत्ता गठबन्धनका पाँच शिर्ष नेतासहित गठबन्धन कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उक्त मस्यौदा बुझाइएको हो।
कार्यदलका तर्फबाट संयोजक पूर्णबहादुर खड्काले प्रतिवेदन बुझाएका हुन् । मस्यौदा कार्यदलमा कांग्रेसबाट महामन्त्री खड्कासहित रमेश लेखक र मिनेन्द्र रिजाल छन् भने माओवादीबाट देव गुरुङ र वर्षमान पुन तथा जसपाबाट महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ छन् ।
सरकार गठन अघि नै सहमति निर्माणका लागि काम गरेका नेताहरुलाई गठबन्धन दलका तर्फबाट साझा कार्यक्रम बनाउने जिम्मेवारीसहित कार्यदल गठन भएको थियो ।
कार्यदलले सरकारको २५ औं दिनमा प्रतिवेदन बुझाएको हो । कार्यदलको प्रतिवेदनसँगै अव सरकार विस्तारको कामका लागि बाटो खुलेको छ ।
साझा कार्यक्रममा विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकार दिलाउने विषय पनि समेटिएको छ । कोभिड महामारीबाट उत्पन्न मानवीय संकटको समाधान गर्ने, शान्तिप्रक्रियाका बाँकी काम टुंगो लगाउने, राजनीतिक दलहरुबीच सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने र संघीयता कार्यन्वयन जस्ता विषयलाई राखिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस